धादिङमा अनियन्त्रित भइ जीप दुर्घटना, पाँचको मृत्यु, दश जना घाइते

जिल्लाको गल्छी गाँउपालिका – ६ बाँझगाउँमा आज दिउँसो भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ पल्टिदा उक्त दुर्घटना भएको हो ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ,सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Belgium EU Summit

आमा फाउण्डेशनले सहयोग जुटाएर खरीद गरेको एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै एम्बुलेन्स थन्काइयो