धादिङमा तरकारी बोकेको जीप दुर्घटना ४ को मृत्यु, १० घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका ६ को बाझगाउँमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ को मृत्यु भएको छ । दुर्घटनामा परी १० घाइते भएको बताइएको छ ।जीप सडकबाट २० मिटर तल खसेको थियो ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पताल र गम्भीर घाइतेहरुलाई भने काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको एवं मृतक र घाइतेको सनाखत हुन बाँकी नै रहेको प्रहरीे जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चीनले प्रदान गरेको दुई थान बु्रमर सञ्चालन गर्न अझै एक साता लाग्ने

कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि सञ्चालन