आफ्नो गीत चोरी भएको भन्दै शम्भु राईले हाले प्रकाश सपुतविरुद्ध मुद्दा, गरे क्षतीपुर्तिको माग

काठमाडौँ- चर्चित गायक प्रकाश सपुत यतिबेला अप्ट्रयारोमा परेका छन् । गीतकार तथा संगीतकार शम्भु राईले आफ्नो गीत चोरी भएको भन्दै प्रकाश सपुतविरुद्ध मुद्दा हालेका छन् । प्रकाशले गलबन्दीले भाका चोरेको भन्दै गायक प्रकाश सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

सबैको मन मुटुमा बस्न सफल भएको गीत गलबन्दी आफ्नो ‘आऊ नाचौं साथी हो’ भन्ने गीतको कपी भएको भन्दै उनले गायक प्रकाश सपुतविरुद्ध बिहीबार मुद्दा दर्ता गराएका हुन् ।शम्भु राईले सपुतविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा मुद्दा दर्ता गराएको जनाइएको छ ।

उनले मुद्दा दर्ता गराएको जानकारी दिदै आफूले प्रकाश सपुतसँग सहमतिका लागि प्रयास गरे पनि दोस्रो पक्ष तयार नभएकोले कानूनी उपचारको बाटो खोजेको बताएका छन् । उनले गलबन्दी गीत आफ्नो पुरानो गीतबाट कपी गरिएको भन्दै क्षतिपूर्तिको समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रचण्ड निवासमा मिडिया पहिलो पटक,नातिनीको जादुमय स्वरले चिनिन चाहन्छन प्रचण्ड[भिडियो हेर्नुहोस ]

चीनले प्रदान गरेको दुई थान बु्रमर सञ्चालन गर्न अझै एक साता लाग्ने