सुनको मूल्य हाल सम्मकै उच्च, आज पनि पत्याउनै नसकिने गरी बढ्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाए अनुसार हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो। त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान गर्ने तयारी

टिकटकबाट भाईरल बनेका प्रशान्त कार्की पहिलो पटक मिडियामा, खोले यस्ता रहस्यहरु