देवरद्वारा भाउजुमाथि हँसिया प्रहार, छुट्याउन जाँदा ७४ वर्षीय बाबु माथि पनि लाग्यो चोट

बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटामा घरायसी विवाद हुँदा देवरले भाउजुमाथि हँसिया प्रहार गरेका छन् । हसिया प्रहार गर्नेमा ४५ वर्षीय बबि रोका रहेका छन् ।

रोकाले आफ्नै भाउजु लक्ष्मी रोकालाई हँसिया प्रहार गरेपछि टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । रोकालाई उपचारका लागि पोखरा लगिएको छ ।

भाउजुमाथि हँसिया प्रहार गर्दा बबिलाई रोक्न आएका उनका बुवा ७४ वर्षीय सोमबहादुर रोकाको हातमा चोट लागेको छ । । बबिलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘दही जस्तो जमेको हाम्रो माया कल्ले चलायो’ भन्ने मार्मिक गीत लिएर आए गायक मिलन लामाले (भिडियो)

मन्त्रिपरिषद् पुनर्गठन गर्दा योगेश भट्टराईले पर्यटनमन्त्री पाउने संभावना