एजेन्सी । फिल्म पद्मावतबाट दर्शकसामु परिचित अभिनेत्री अनुप्रिया गोयन्का पटेलले बलिउडका ह्याण्डससम हिरो ऋतिक रोशन र टाइगर श्राफ सँग काम गर्ने भएकी हुन्।
सुन्दरी नायिका अनुप्रिया गोयन्काले हाल धमाधम छायांकन भइरहेको यशराज व्यानरले निर्माण गरिरहेको यो एक्सन थ्रिलरमा यि चर्चित स्टारसँग काम गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन् । फिल्म पद्मावतबाट दर्शकसामु परिचित अभिनेत्री अनुप्रिया गोयन्का अलावा यो फिल्ममा ऋतिक र टाइगरका साथमा वाणी कपुरले अभिनय गर्ने निर्माण यूनिटले जनाएको छ ।
फिल्म पद्मावतबाट दर्शकसामु परिचित अभिनेत्री अनुप्रिया गोयन्का पटेलले सलमानको फिल्म टाइगर जिन्दा हैमा काम गरेर चर्चा कमाइसकेकी छिन् । यो फिल्मको नाम फाईटर राख्ने तय भएको निर्माण यूनिटले जनाए पनि अहिलेसम्म तय भइनसकेको भारतीय मिडियाले उललेख गरेको छ ।
Comments
0 comments