आज वर्षकै लामो दिन, भोलिदेखि दिन छोटो र रात लामो हुँदै जाने  

काठमाण्डौ – आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । शुक्रबार काठमाण्डौमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन लामो हुन्छ ।

जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ ।तर यो पटक भने २१ जुनमा लामो दिन परेको छ ।भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

झोला चेक जाँच गर्ने क्रममा पक्राउ परे लक्षु र राकेशकुमार

जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद