जिपको ठक्करबाट साइकलमा सवार चन्द्रबहादुरको मृत्यु

सैनामैना नगरपालिकाको वडा नं ३ स्थित भार्सेली चोकमा जिपले ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–५ का ५७ वर्षीय चन्द्रबहादुर थारू रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको लु१च ६९३६ नंको जिपले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार थारूलाई ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

जन्मजातै हुनसक्छ बच्चामा मुटुरोग

बँदेल र नीलगाई बस्ती पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण आजित