बर्दिबास -महोत्तरीको मनराशिश्वामा करेन्ट लागेर तेल ट्यांकरका सहचालकको ज्यान गएको छ। ज्यान जानेमा जनकपुर उपमहानगरपालिका–८ का २५ वर्षीय उमेश यादव रहेको प्रहरीले जनाएको छ ।
ना। ७ ख ११९५ नम्बरको तेल ट्यांकरमा बीच सडकमा लत्रिएको तार बेरिएको थियो।सहचालक यादव तार छुटाउन जाँदा करेन्ट लागेर घाइते भएपछि उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments
0 comments