यसरी भान्जीले भाइरल बनाइन् अभिषेक र ऐश्वर्यालाई

बिग बी अमिताभ बच्चनकी नातिनी नव्या नवेलीले आफ्नो इन्स्टाग्रामा एउटा तस्बिर सेयर गरिन्, जो एक घन्टामै भाइरल भएको छ । हजारौँले लाइक गरेका छन् । नव्याको यो भाइरल फोटोमा ऐश्वर्या र अभिषेकसँगै उनीहरूकी छोरी आराध्या पनि देखिएकी छिन् । यो फोटो एउटा डिनरको हो । जसमा घरका अन्य सदस्य खानाको मज्जा लिइरहेका छन् । फोटो सेयर गर्दै नव्याले क्याप्सनमा लखेकी छिन्, ‘फामजाम स्पाम दिस विद लाइकस् ।’

खासमा अभिषेक र ऐश्वर्या अहिले छोरीसहित अमेरिकामा छुट्टी मनाइरहेका छन् । भान्जी नव्या त्यहाँ पढिरहेकी छिन् । नव्या सोसल मिडियामा बढी नै एक्टिभ हुने गर्छिन् । यसअघि पनि उनको एउटा भिडियो भाइरल भएको थियो ।

जसमा नव्या न्युयोर्कको सडकमा वर्कआउट गरिरहेकी थिइन् । उनी जावेद जाफरीका छोरा मिजानसँग अफेयरमा छिन् भन्ने खबर भाइरल भएको थियो । यद्यपि, मिजानले एक अन्तर्वार्तामा भनेका थिए,‘हामी साथीभन्दा बढी केही होइनौँ ।’ यो विषयमा नव्या भने मौन छिन् । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बलिउड देखि हलिउडसम्मका अभिनेत्रीलाई मात खुवाउने यि हुन् साउदी राजकुमारी, जससको सुन्दरता देखेर सबै हेरेको हेर्यै हुन्छन्

NEPAL-KATHMANDU-BRI-INTERNATIONAL CONFERENCE