त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला, सेनाको टोली बोलाइदै

उदयपुर – त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ।नगरपालिका कार्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु फेला परेको बताइएको छ । शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बिहान कार्यालय वरिपरि सरसफाइ गर्ने टोलीले फेला पारेको र ‘बम हो कि के हो, त्यो थाहा भइनसकेको र त्यसका लागी नेपाली सेनाको टोलीलाई बोलाइएको बताइएको छ ।प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीले उक्त बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Stadium in every State: Minister Bishwokarma

नेपालमा क्रिस्चियन लगानी बर्सेनि बढ्दै, भारत र चीनलाई पनि खतरा