बंगलादेशलाई अष्ट्रेलियाले ४८ रनले पराजित गरेको छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले ४८ रनले पराजित गरेपछि अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ८२ रनको लक्ष्य दिएको थियो ।
बंगलादेशले भने ३३३ रन मात्र जोड्यो ।बंगलादेशका मुस्फिकर रहिमले १०२ रन, ममुदउल्लाहले ६९ रन, तमिम इकबालले ६२ रन, शकिब अल हसनले ४१ रन, लिटोन दासले २० रन जोडे ।अष्ट्रेलियाका मिचेल स्टार्क, मार्कुस स्टोनिस र नेइल कल्टरले दुईदुई विकेट लिन सफल भए ।
अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले १ सय ६६ रन, उस्मान ख्वाजाले ८९ रन, आरोन फिन्चले ५३ रन, ग्लेन म्याक्स्वेलले ३२ रन बनाए जोडे । बंगलादेशका सौम्या सरकार ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिन सफल भएका थिए ।बंगलादेशको यो तेस्रो हार हो । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ भने अष्ट्रेलियाको ६ खेलबाट १० अंक भएको छ ।
Comments
0 comments