ब्राउन सुगरसहित दुई युवक परे प्रहरीको फन्दामा

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ब्राउन सुगरसहित दुई युवकलाई आज पक्राउ गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका¬–२ दुवाकोटबाट प्रहरीले ५।५ ग्राम ब्राउन सुगरसहित सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय पुरण परियार र सोही स्थान बस्ने रुपन्देहीका २३ वर्षीय राधेश्याम बेलदारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र थुनिए, उद्धार कार्य जारी

२० वर्षीया अनिसा बुढाको सुत्केरी हुँन नसकेपछि बिहीबार जिल्ला अस्पताल डोल्पाबाट उद्धार