तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गर्ने तीन जना पक्राउ

बाँकेको राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आक्रमणमा संलग्न वसन्त घर्ती, नारायण डाँगी र ऋषि देवकोटालाई आज कोहलपुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । आक्रमणमा आठ जनाको संलग्नता रहेको र सबैलाई पक्राउ गरिने उहाँले बताउनुभयो । पीडितको जाहेरीपछि मुद्दा प्रक्रिया अगाडि बढाइने सिंहले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Tourism Minister to be appointed soon: Chairman Prachanda

७ बर्षे जेठोअमिनेस संग अन्तरजातीय बिहे गरेकी सरिता मगर अचम्मको प्रेम:के गर्दै छन यो घना जंगलमा?