म डिएसपी हुँदै भन्दै सर्वस्धारणलाई त्रसित बनाउँदै आएका नक्कली प्रहरी परे सक्कली प्रहरीको फन्दामा

काठमाडौं । हिजोआज नक्कलीको संसारभर बिगबिगी बढ्दो छ । त्यो बिगबिगी प्रहरी सेवामा पनि छिरेको छ । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँड्ने वर्ष ३८ को नारायण भन्ने भोला गौतम पक्राउ परेका छन् । गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखेर केही व्यक्तिलाई हातपात तथा लछारपछार समेत गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले विकास बस्नेत र सुजन प्रसाईंलाई नक्कली प्रहरीको वर्दी देखाएर हातपात गरेका थिए । बस्नेत र प्रसाईंको उजुरीका आधारमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले आफ्नो अपराध स्विकार गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Nepali embassy asks to send Nepali workers ensuring minimum facilities

Tourism Minister to be appointed soon: Chairman Prachanda