गाडी दुर्घटना हुँदा शेरबहादुरको मृत्यु, चार जना गम्भीर घाइते

धादिङबेसीबाट सेमजोङतर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय सेनाबाट सेवा निवृत्त ३८ वर्षीय शेरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । मृतककी श्रीमती गम्भीर घाइते भएकी छिन् ।

उकालो बाटोमा गाडीमाथि जान नसकेपछि गाडी चालकसमेत गाडी छाडेर झरेपछि पछाडि हटेका कारण दुर्घटना भएको र गाडीबाट यात्रुहरु भागाभाग गरेका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।रासस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

के तपाइको पनि पिसाब पोल्ने समस्या छ ? यस्ता छन् घरेलु विधि

गलबन्दी हिट भएको केहि समय बित्न नपाउदै अन्जलीले खेलेको अर्को गीत भाइरल !छोटो समयमै एति धेरैको माया