काठमाडौ- एक व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशन श्रेष्ठ रहेका छन् । उनले सहकारीमार्फत ८ लाख ४६ हजार ठगेको अभियोगमा दोषी ठहर भई ३ वर्षपछि पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने रोशन श्रेष्ठले ऋण सहकारी संस्था सञ्चालन गरी हरेक मानिसहरुको पैसा ठगी गरेका थिए ।
ठगी गरेकै आरोपमा श्रेष्ठविरुद्ध उजुरी परेको थियो । उजुरीका सम्बन्धमा उनलाई उच्च अदालत पाटले २०७३ जेठ २५ गते श्रेष्ठविरुद्ध २ वर्ष कैद र ८ लाख ४६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । अदालतले फैसाला सुनाए लगत्तै फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले पक्राउ गरेको हो ।
Comments
0 comments