रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले बिहिवार दिउँसो आमाको घर जलाइदिएका हुन् ।
घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको बताइएको छ । घरयासी रिसइवीका कारण माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर जलाइदिएको बताइएको छ ।नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको थियो ।
Comments
0 comments