सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा पल्टियो : एकको मृत्यु, १६ जना यात्रु घाइते

सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ । दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको थियो ।

बसका अन्य घाइते १६ जना यात्रु घाइते भएको बताइएको छ । घाइते पाल मेडिकल कलेजमा उपचार भइरहेको छ।मृत्यु हुनेमा बस कै सहचालक हुन सक्ने अनुमान गरिएको छ भने बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ ।बस सडकबाट करिब ५ फिट तल खेतमा खसेको थियो।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बच्चामा यति सुन्दर र क्युट थिइन कट्रिना कैफ, हेर्नुहोस तस्विरहरु

विनियोजन विधेयकमा खर्च कटौतीका पाँच प्रस्ताव