उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने साच्चिकै नेपालीहरु स्वाभिमानी र सज्जन छन्

लखनउ –  नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिनत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वमा भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने वातावरण मिलाउने बताउका छन् ।उनले नेपालीहरु साच्चिनै स्वाभिमानी र सज्जन भएको बताउका छन् ।

नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध स्वार्थनिहित नभई परापूर्वकालदेखि नै दिगो रहेको र सधै रहने पनि उनले बताएका छन् ।साथै, दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा दरार आउन नदिन दुबै देशका नागरिक सजग हुनुपर्ने आदित्यनाथनाथले बताए। केही शक्तिले नेपाल–भारत खुला सिमाको फाइदा उठाउन खोजेको उल्लेख गर्दै योगीले त्यसतर्फ सजग हुनुपर्ने पनि उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

फोहरलाई मोहर बनाउने उद्देश्यका साथ जुटे ३० भन्दा बढी युवा

इन्स्टाग्राममा तस्वीर शेयर गर्दै साम्राज्ञीले लेखिन् ‘बेबी फेस’, फ्यानले हाने यस्तो कमेन्ट