अज्ञात समूहद्धारा रोकेर राखिएको स्काभेटरमा आगजनी

फिदिम रासस पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको छ ।मिक्लाजुङ गाउँपालिका–७ लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा रोकेर राखिएको उक्त स्काभेटरमा बिहान करीब २ बजे आगजनी भएको हो । घटना कसले, किन गरायो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले खबर गरेपछि सो घटनाका सम्बन्धमा बिहानैदेखि प्रहरीले अनुसन्धान थालेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । आगजनीका कारण स्काभेटरका पाटपुर्जा जलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कैटरीनालाई पनि कपडाले पटक पटक दिएको छ धोका, ढड्ग नपुगेर कि देखाउन खोजेर ?

अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित, गर्मी र तातो हावाका कारण सरुवा रोगका बिरामी बढे