चिनियाँ राष्ट्रपति सि उत्तर कोरियाको भ्रमणमा

प्योङयाङ – चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आउनु भएको छ ।चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो । चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गर्नुभएको हो ।

चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ । आर्थिक तथा पराम्परागत सम्बन्ध कायम हँुदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ अध्याय शुरु भएको समाचारमा बताइएको छ । (रासस ÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Govt could be reshuffled: NCP Chair Dahal

यस्ता छन् मेथी सेवन गर्नुका अचुक फाइदै फाइदा