अघिल्लो २५ वर्षको तुलनामा हिमनदी पग्लने दर तीव्र गतिमा बढ्यो, कारण यस्तो !

काठमाडौँ- अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ ।

बिबिसीले जनाए अनुसार अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् ।

उपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका तस्बिर दाँज्दा ती क्षेत्रमा गएको ४० वर्षमा हिमनदी दोब्बर दरले पग्लिएको निष्कर्ष निकालेको हो ।

अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण हिमनदीको बरफ तीव्र गतिमा पग्लिएको बताएका छन् । हिमनदीको उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने

विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ का लागि गाउँपालिकाले गर्यो १० लाख सहयोग