पूर्वखोलाले गर्यो सासू–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै १७ असल बुहारीलाई सम्मान

पाल्पाको पूर्वखोला गाउँपालिका–२ को कार्यालयले सासू–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ । उमेर ढल्कँदो अवस्थामा रहेका सासू–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

ढल्कँदो उमेरमा रहेका सासू–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहँुदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताउनुभयो । शारीरिकरूपमा अशक्त सासू–ससुराको पालनपोषण गर्ने दायित्व भएको सम्मानित बुहारी शान्ती देवकोटाले बताउनुभयो ।

“सासू–ससुरा भनेका आफूलाई जन्मदिने बुबाआमा जस्तै हुन्, उहाँहरुलाई ढल्कँदो उमेरमा मायाममता, स्याहारसुसारको खाँचो छ, उहाँहरुलाई स्याहारसुसार गर्न पाउँदा आनन्द लाग्छ”, उहाँले भन्नुभयो । परिवारको संरक्षक अभिभावकबाट अगाडि बढ्न आशीर्वाद लिँदै सन्ततिले घृणा होइन, माया र ममताका साथ पालनपोषण गर्न उहाँ अनुरोध गर्नुहुन्छ ।

त्यसैगरी ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । वडाले गरेको यस कार्यप्रति खुशी र रमाइलो लागेको १०० वर्षीया चन्द्रकला न्यौपाने बताउनुहुन्छ । यो उमेरमा आएर सम्मानित हुन पाउँदा उहाँ दङ्ग हुनुहुन्छ । एक सय वर्षीया हजुरआमासँगै असल नातिनी बुहारीका रूपमा सम्मानित हुन पाउँदा खुशी लागेको पम्फा न्यौपानेले बताउनुभयो । उहाँले अरुलाई पनि सासूससुराको राम्रो हेरचाह गर्न अनुरोध गर्नुभयो ।

समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिनुका सट्टा हेयको रूपमा हेर्ने सन्तति पनि छन् । उनीहरुले यो कार्यको पाठ सिक्न सके भने बुढेसकालमा ज्येष्ठ नागरिकले दुःख भोग्नुपर्ने थिएन । यसैगरी निस्दी गाउँपालिका–६ को कार्यालयले पनि असर छोराबुहारीलाई सम्मान गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दशैँमा आउँछु भनेको परदेशीलाई असारमै प्रतीक्षा गर्नुपर्यो, जीवित होइन, मृतावस्थामा

नौमती र पञ्चेबाजा लोप हुँदै गएपछि संरक्षणमा जुट्दै युवाहरु