विश्वभरबाट ३०० करोड बढी कमाइ गर्यो सलमानको भारतले

एजेन्सी-बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ दुई सय करोड क्लबमा सामेल भएको छ । यो फिल्म चौथो दिनमै सय करोड क्लबमा प्रवेश गर्दा छिट्टै समयमै दुई सय करोड कलेक्सन गर्ने अनुमान लगाइएको थियो । तर निकै मुश्किलले दुई सय करोड कलेक्सन गरेको छ ।

फिल्म रिलिज भएको १५ औं दिनमा दुई सय करोड क्लबमा प्रवेश गरेको हो ।फिल्मलाई अत्यन्तै रुचाइएको छ । यो फिल्मले भारु। २०१ करोड ८६ लाख ग्रस कलेक्सन गरेको छ । भारतिय ट्रेन्ड एनालिस्ट तरण आदर्शले टुविटर मार्फत फिल्मले दुई सय करोड क्लबमा सामेल भएको जानकारी दिएका छन् ।

यो फिल्मले भारु। ४२ करोड ३० लाखको बम्पर ओपनिङ्ग गरेको थियो ।‘भारत’ले विश्वभरबाट ३०० करोड ६७ लाख जम्मा गरेको छ । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, कैटरिना कैफ, सुनिल ग्रोबर, दिशा पाटनी, तब्बू, ज्याकी श्राफको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

संसारको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु

खुलामञ्चको रिस कार्यदलमाथि : उपमेयर खड्गी