पूर्व क्षेत्रबाट मनसुन भित्र्याउने पूर्वी वायु प्रवेश गरेको र मनसुनी गतिविधि बढेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शेष गरी पूर्व र मध्यमा मनसुनी गतिविधि बढेको छ अब आज भोलीबाट नै औपचारिक रुपमा मनसुन भित्रिएको घोषणा गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ ।
पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभाव अब हड्दै जाने क्रममा रहेको मौसमविदले बताउ ।पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्य तिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्ने छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष १० दिन ढिला भइसकेको छ ।आज पूर्व र मध्यका केही तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
Comments
0 comments