काठमाडौँ- एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले जनाएअनुसार विस्फोट हुँदा २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट भएको थियो ।
होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ ।ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको छ ।
होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाविहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए । सोहि समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो ।
त्यसपछि आगोको मुस्लोधार नै देखियो भने निरन्तररुपमा सोहि स्थलमा राखिएको अन्य ग्यास सिलिण्डर समेत विस्फोट भएको बताइएको छ । विस्फोटको आवाज अत्याधिक शक्तिशाली भएको बताइउको छ ।घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटना बारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाइएको छ ।
Comments
0 comments