दक्षिण अफ्रिकालाई हराउँदै कप्तान विलियम्सनको शतकमा न्यूजिल्याण्डले दर्ता गर्यो शानदार जित

एजेन्सी । आइसिसी श्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड विश्वकपको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको खेल निकै रोमाञ्चक बनेको थियो ।

एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरेको खेलमा न्यूजिल्याण्डका लाचलन फर्गुशनले ३ विकेट लिएको खेलमा विश्वकप क्रिकेटकै सर्वाधिक फर्ममा रहेको न्यूजिल्याण्डले ४८ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका जितमा कप्तान केन विलियम्सनले कप्तानी पारी खेल्दै शतक प्रहार गर्दै टिमलाई शानदार जित दिलाए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कर्णालीमा जिप खस्दा बेपत्ताको हुनेको संख्या ११ पुग्यो, मृतकको संख्या अझै बढ्न सक्ने

अत्यन्त दुखर खबर ! वैदेशिक रोजगारीमा एक दशकमा ७,३०४ को मृत्यु