विषाक्त रक्सीले मलेसियामा एक नेपालीसहित ४ जनाको मृत्यु, ९ जना पक्राउ

काठमाण्डौ – मलेसियामा विषाक्त रक्सी पिउँदा एक नेपालीसहित चार जनाको ज्यान गएको छ । रक्सीकै कारण एक मलेसियन नागरिकले आँखाको ज्योति गुमाएका छन् ।मृतक नेपालकिो परिचय नखुलेपनि उनी ३० देखि ३६ वर्षको भएको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मिलुदियर ब्राण्डको रक्सी पिउँदा उनीहरुको ज्यान गएको बताइएको छ ।प्रहरीले यो घटनापछि एउटा समूह नै बनाएर विषाक्त रक्सी बेच्नेको खोजी गरिरहेको र अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।

बाहिरबाट हेर्दा विषाक्त रक्सी नचिनिने हुँदा सावधानी अपनाउन मलेसियामा रहेको नेपाली दूतावासले यसअघि नै अनुरोध गरिसकेको छ ।गएको वर्ष असोजमा पनि विषाक्त रक्सीकै कारण मलेसियामा १० नेपालीसहित ३३ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सामाजिक परिचालिकालाई प्रचण्डले गराए नेकपामा प्रवेश

खानेपानीको अभाव भएपछि हातमा रित्तो भाँडा लिएर नारा जुलुस, नगरपालिकाको कार्यालयमा तालाबन्दी