यतिबेला नेपालमा मात्र हैन् विश्वभर रहेका नेपालको सांगीत प्रेमी द दर्शक तथा स्रोतामाझ लोकप्रिय छ, गलबन्दी । गायक तथा सर्जक प्रकास सपुतद्धारा लयबद्ध गीत यतिबेला बिवामा पनि बिवादमा पनि मुछिएको छ ।
प्रकाश सपुत र शान्ति श्री परियारको स्वर समावेश ‘गलबन्दी’माथी पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर तयार पारिएको भन्दै गुनासो गरिरहेका छन् । आफूले ५ बर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाश सपूतको ‘गलबन्दी’ को लय मिलेको उनको दाबी छ ।
विवाद गहिरिँदै गएपछि लोकदोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमतिको बिन्दु पहिल्याउने प्रयास थालेका छन् । गायक शम्भु राईले प्रकाश सपूतलाई आफूले निरुत्साहित गर्न नचाहेको तर आफ्नो सिर्जनाको नक्कल भएको टुलुटुलु हेरेर नबस्ने अनलाइनखबरलाई प्रतिक्रिया दिए । थप भिडियोमा हेर्नुस्
Comments
0 comments