जनार्दन शर्माले भने लोडसेडिङ अन्त्य गरे वापत मैले सजाय पाएँ

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुममा परेको बजेट हटाउन आग्रह गरेका छन् । उनले रुकुममा परेको बजेट हटाएर झापा हाल्न आग्रह गरेका छन् ।
बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै सांसद शर्माले भौतिक पूर्वाधारलगायतको शिर्षकमा विनियोजित भएको बैठक प्रति असन्तुष्टि जनाएका हुन् ।

उहाँले भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति बोल्दै भन्नुभयो, ‘२ ४० लेखेको छ । करोड हो कि लाख हो रु’जति भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस्, झापा लगियोस्, म प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु शर्माले भने ।यस्तै पूर्व उर्जामन्त्रीसमेत रहेका सांसद शर्माले उर्जा मन्त्रालयको बजेटप्रति पनि असन्तुष्टि जनाए ।

‘आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य हो ।त्योगरे वापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो रु फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’झण्डै २ करोड बजेट रहेको तर, यसले नपुग्ने भन्दै मिल्छ भने अर्को २ करोड थपिदिन उनले आग्रह गरे । शर्माले योजना पूर्व प्रि–बजेट भन्दा विस्तृत बजेटबारे सांसदको धारण माग्नु पर्ने धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लौ कस्तो अचम्म !! सारङगीबाट एका एक मान्छेको आवाज निकाले पछि, ‘भिडियो हेर्नुहोस्’

बजारभन्दा ग्रामीण भेगमा नै मौरीको महको खपत बढ्दो