जग्गा विवादले झोलुङ्गे पुलको निर्माण अवरुद्ध

विभिन्न स्थानमा रहेको मुआब्जा विवादले झोलुङ्गे पुलको निर्माण अवरुद्ध भएको छ । सार्वजनिक जग्गा पर्ने स्थानमा सहज रुपमा झोलुङ्गे पुल निर्माण भए पनि निजी जग्गामा झोलुङ्गे पुल बनाउँदा विवाद हुने गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

झोलुङ्गे पुल नभएका ग्रामीण स्थानमा पुल निर्माण भएपछि जग्गाको भाउ बढ्ने विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आफ्नो जग्गाको महत्व बढ्ने भएपछि कतिपय स्थानीयवासीले मुआब्जा माग्ने गरेका छन् । कतिपय स्थानमा झोलुङ्गे पुल निर्माण मुआब्जा समस्याका रुपमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निजी जग्गामा पुल निर्माण गर्दा समस्या आउने गरेको छ ।”

एक सय २० मिटरभन्दा छोटो पुलको निर्माण विभागले र त्यसभन्दा कम लम्बाइको पुलको निर्माण स्थानीय तहले गर्दै आएको महानिर्देशक श्रेष्ठले बताउनुभयो । विभागले ठेक्का सम्झौतामार्फत ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिने गरेको छ । स्थानीय महत्वको सडक, झोलुङ्गे पुललगायत संरचना निर्माण विभागले गरिरहेको उहाँले बताउनुभयो ।

आगामी दिनमा यी संरचनाको निर्माण सङ्घीय र प्रदेश सरकारले गर्ने भए पनि अहिले जनशक्तिलगायत संरचना नहुँदा सङ्घीय सरकारले नै गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय पालिकामा एक जना पनि प्राविधिक नभएकाले सङ्घले गरेको हो ।” गत फागुनसम्म १०९ झोलुङ्गे पुल निर्माण भएको छ । सरकारको तुइन विस्थापन कार्यक्रमबाट हालसम्म ११८ तुइन विस्थापन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एकाएक किन फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ अधुरै छाडिदिएर भारत फर्के रणबीर र आलिया

गलबन्दीकी नायिका अञ्जली अधिकारीका यि हुन हट तस्विरहरु