एकाएक किन फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ अधुरै छाडिदिएर भारत फर्के रणबीर र आलिया

रणबीर र आलियाले ‘ब्रह्मास्त्र’को सुटिङ अधुरै छाडेु मुम्बई फर्किएका छन् । भारतिय मिडियाका अनुसार, आलियाको स्वास्थ्य खराब हुदाँ एक गीतको छायांकन बाँकी राखेर उनीहरु मुम्बइ फर्किएका हुन् ।

आलिया स्वास्थ्य खराब भएपछि पनि सुटिङलाई निरन्तरता दिन चाहन्थिन् तर निर्देशक आयान मुखर्जीले सुटिङ स्थगित गर्ने निणर्य गरे । अब निर्माण टिमले ब्रह्मास्त्रको सुटिङ नोभेम्बरमा वाराणसी गएर पूरा गर्ने छन् ।

आलिया स्वास्थ्य स्थिति ठिक भएपछि मात्र सुटिङमा फर्कने बताइएको छ । यो फिल्मको छायांकन वाराणसीमा अझै तीन दिन बाँकी थियो । फिल्ममा आलिया र रणबीरसँगै अभिताभ बच्चनको मुख्य भूमिका रहेको छ । पहिलो पटक स्क्रिन सेयर गरेका आलिया र रणबीरको अभिनय हेर्न उनीहरका फ्यानहरु आतुर भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

झापामा भुतको आतंक : ४ घरलाइ लक्षित गरी ढुंगा प्रहार , घटना स्थलमा देखियो यस्ता दृश्यहरु (भिडियो सहित)

जग्गा विवादले झोलुङ्गे पुलको निर्माण अवरुद्ध