दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

सोल- दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिनु भएको छ ।विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताउनु भएको छ ।

किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको छ । यसै महिनाको शुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम दक्षिण कोरियाले डब्ल्यूएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना आएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

प्रकाश थापा र शोभा थापाको ‘लैजा तेरो माया’ सार्वजनिक