१८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै मौका परीक्षा दिँदै त्रिवि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ।त्रिवि प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भएपनि पनिकाले भने भर्खरै सूचना जारी गरेको हो।

त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार र बाह्र), स्नातक र स्नातकोत्तर तहको केहि विषयमा उत्तीर्ण भएपनि अन्य विषयमा अनुत्तीर्ण विद्यार्थीलाई यस्तो मौका दिन लागेको हो।

जसअनुसार परीक्षाको समय सीमा नाघेको तर सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्।त्रिवि मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो। तर यहाँका धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसकेर बीचैमा पढाइ छोड्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रहरी नायब उपरीक्षक अपिलराजलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

बागलुङका शर्माले शुरु गरे व्यावसायिक खरायोपालन, गर्छन महिनामै यति आम्दानि