बागलुङका शर्माले शुरु गरे व्यावसायिक खरायोपालन, गर्छन महिनामै यति आम्दानि

बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गर्नुभएको छ । शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याउनुभएका हो । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”, शर्माले भन्नुभयो ।

व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको सुनाउनुभयो । “हालसम्म तीन जोर खरायो बेचे”, शर्माले भन्नुभयो, “एक सय पु¥याएर मात्र अब बेच्ने योजना छ ।” खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन ।

हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई रु एक हजार पर्छ । “एक सय पु¥याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु”, शर्माले भन्नुभयो । अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताउनुभयो ।

करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उहाँको भनाइ थियो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

१८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै मौका परीक्षा दिँदै त्रिवि

२०६२/ ६३ पछि ठुलो आन्दोलन ! ओली सरकार ढालेर काठमाण्डौंका नेवार सरकार चलाउने घोषणा