नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु, ४२ जनालाई काममा लगाइयो

नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिका–३ कालाफाँटाबाट आजदेखि शुरुआत गरिएको कार्यक्रम गाउपालिका अध्यक्ष इस्तियाकअहमद शाहले शुभारम्भ गर्दै केही दिनभित्रै अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

पहिलो चरणमा सिँचाइका लागि पोखरी निर्माण गर्न वडा नं ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । उनीहरुलाई दैनिक रु ५१७ ज्याला दिइनेछ । सो कार्यक्रमका लागि नरैनापुर गाउँपालिकामा पाँच हजारले आवेदन दिएका थिए ।

यसैबीच बाँकेमा गरीब घरपरिवार पहिचान तथा गरीब परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग एवम् जिल्ला समन्वय समितिको आयोजनामा सो परिचयपत्र वितरण गर्न लागिएको हो । करीब पाँच महीने सो कार्यक्रमका लागि जिल्लाका सबै घरधुरीमा असार २५ देखि ८० गणक तथा १२ सर्वेक्षकलाई खटाइने जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवले बताउनुभयो । सो कार्यक्रम हाल प्रदेश नं ५ को बाँके जिल्लामा मात्र लागू गरिने जनाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन,प्रदर्शन भएपछि काठमाडौँका यि यि ठाँउमा सवारी आवागमन ठप्प

६ महिना अघि मात्रै गरेका इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत फेला,घरमा राखिएको सिसिटिभी फुटेज हेर्दा यस्तो देखियो