वडा कार्यालयमा चोरी गर्ने राम चोरीको समानसहित पक्राउ

राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज वडा नं ५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपीयु, किबोर्ड, प्रिन्टरलगायतको समान चोरी भएको थियो । चोरीका सामानसहित रामलाई छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

हेर्नुहोस राजेश पायल राईको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”  

कर्णाली नदीमा बेपत्ता भएको जीपको खोजी गर्न गोताखोर ल्याइँदै