चर्चामा श्रीदेबी छोरी जान्भी कपुरको ‘बेली डान्स’

काठमाडौँ- धडक फिल्मकी अभिनेत्री जान्भी कपुरको बेली डान्स यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । सिनेकर्मी शशांक खेतानको ‘डीडीटुच्यालेन्ज’ ९डान्स दिवाने च्यालेन्ज० को थिम गीतमा जान्भीले बेली डान्स गरेकी हुन् ।

कलर्स टिभीबाट प्रशारित हुने रियालिटी शोका लागि बनाइएको गीतमा गुलावी टिसर्ट र सेतो हाफ पाइन्ट पहिरेकी जान्भीको बेली डान्सको भिडियो अहिले सामाजिक सन्जालमा धेरै हेरिनेमा परेको छ ।

एक समयकी चर्चित अभिनेत्री माधुरी दीक्षित र कोरियोग्राफर तुसार कलाईसँगै जान्भी जजका रुपमा उक्त रियालिटी शोको हिस्सा बन्ने छिन् । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

तीन करोडभन्दा बढी भारु पर्ने तीन वटा गाडी छन् काजल अग्रवालसँग

एक्कासी दुवै हात काटिदा.. शिशिर भण्डारी रोए ? श्रीमतीले पनि छोडेर जाँदा यस्तो भिडियो बाहिरियो (भिडियो हेर्नुस)