फेसबुक लाइभ गर्दा गर्दै यि मन्त्री देखिए बिरालो जस्तो, क्षणभरमा नै तस्विर र भिडियो बने संसारभर भाइरल

एजेन्सी । मन्त्री नै बिरालो जस्तो गरी सामाजिक संजालमा भाइरल बनेको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? पाकिस्तानको खैबर पख्तुनख्वाका सूचना मन्त्री शौकत युसुफजाईले प्रविधिलाई सही तरिकाले सदुपयोग गर्न नजान्दा उनी अहिले विश्वभर हाँसोको पात्र बनिरहेका छन् । मन्त्री शौकत र उनका मन्त्रीहरुहरुले फेसबुक लाइभको समयमा गरेको सानो गल्तिका कारण अहिले विश्वभर भाइरल बनिरहेका छन् । उनीहरुले लाइभको समयमा फेसबुकमा भएको फिल्टर अप्सनमा क्लिक हुन पुग्यो र मन्त्री युसुफजाईको अनुहार बिरालो जस्तो हुन पुग्यो ।

विधानसभामा भएको एक फैसलाका बारेमा पत्रकार सम्मेलनमा बोलीरहँदा लाइभ गरेका ति मन्त्रीको कार्यक्रममा फेसबुकमा हेको क्याट फिल्टर अप्सन एक्टिभ हुन पुग्यो तर तत्कालै उक्त लाइभ गर्नेले गल्ती सच्चाए । तर उक्त भिडियो छोटो समयमा नै विश्वभर भाइरल बन्यो । भिडियो र तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रीको खिल्ली उडाउँदै अहिले बिरालो मन्त्री नामको ट्रोल बनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण

खानेपानीको समस्या बल्झिँदै, पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव