स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन महंगा फोन, टीभीको आयातमा कडाइ गर्दै सरकार

काठमाडौं–सरकारले विलासी र महंगा वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको छ । व्यापार घाटा न्युनिकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ मार्फत विलासी र महंगा वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको हो । भन्सारदर बढाएर वा गुणतस्तरताबाट कसेर भएपनि यस्ता वस्तुको आयातमा कडाइ गरिने भएको हो ।

विदेशबाट आयात नगर्दा पनि हुने वस्तुमा करको माध्यमबाट सरकारले कस्ने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन आयातित वस्तुमा सरकारले कडाइको नीति लिएको हो । महंगा स्मार्टफोन, टिभीको आयातमा पनि कडाइ गरिने भएको छ ।

मानव स्वास्थयमा हानी पर्ने वस्तुमा पनि निरुत्साहीत गर्ने सरकारको नीति छ । यसले महंगा रक्सीहरु पनि भित्रन नदिने देखिएको छ । । यो कार्ययोजना मन्त्रिपरिषदको। बैठकले पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

असार १ गतेदेखि लागु हुने गरी बढ्यो सार्वजनिक यातायातको भाडा, यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने

निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार आज पनि तीन अंकले घट्यो