असार १ गतेदेखि लागु हुने गरी बढ्यो सार्वजनिक यातायातको भाडा, यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । असार १ गतेदेखि लागु हुने सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको बताइएको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो ।

यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो। महानिर्देशक दाहालका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो । यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ओमले राती रोधीमा आउनु है भने पछी भयो हंगामा भिडियो सहित

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन महंगा फोन, टीभीको आयातमा कडाइ गर्दै सरकार