जुलाइमा गायक उदितनारायण झाका छोरा आदित्यले काठमाडौँ तताउने

काठमाडौँ- गायक आदित्य नारायाण झा काठमाण्डौमा गुञ्जने भएका छन् ।। उनी, काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि नेपाल आँउने भएका हुन् ।लाइको पहिलो साता उनी काठमाण्डौ आउने बताइएको छ । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले नेपाली र हिन्दी गीत गाउनेछन् ।

सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’बाट डेब्यू गरेका थिए । क्लब फरेनहाइटकै आयोजनामा हुने यो कार्यक्रममा प्रवेशका लागि १ हजार र १५ सय रुपैयाँको टिकट राखिएको छ ।

आदित्यलाई यूवाहरुको डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ । गायकसँगै एक्टर समेत रहेका आदित्य गायक उदितनारयाण झा र गायिका दीपा नारायण झाका छोरा हुन् ।उनी केही समय अगाडि पोखरामा गुञ्जिएका थिए ।त्यस्तै बलिउड गायिका नेहा कक्कड पनि केही दिन पहिले काठमाडौँ आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने

काँग्रेस उपसभापति विमलेन्द्र निधि डेनर्माक प्रस्थान