सन्नी लियानीले डान्स गरेको फिल्म ‘पासवर्डको गीतको भिडियो सार्वजनिक

चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।। यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द रहेको छ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।भिडियोमा नायिका सन्नी लियोनी र चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ ।

चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको पनि अभिनय छ ।सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

देउता लाग्ने डरले शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय

Lawmakers call for repealing Guthi bill