शिक्षा क्षेत्रलाई अपमानित गर्ने हो भने देश समृद्ध बन्न नसक्ने भन्दै शिक्षामा बजेट बढाउन सरकारसँग माग गरे योगेशले

काठमाडौं, ३० जेठ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकाको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले गुठी विधेयकलाई लिएर हाल उत्पन्न भएको बहस, लोकसेवा आयोगको विज्ञापनले उत्पन्न गरेको समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको बैठक शुरु हुने वित्तिकै सभामुखसँग समय मागेर बोल्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले सरकारले गुठीलाई गलत तरिकाले नियन्त्रण गर्ने गरी गुठि विधेयक ल्याएको भन्दै त्यसको चर्को विरोध गरेका छन् ।उनले सांकृतिक सम्पदाको संरक्षण र धार्मिक परम्परालाई निरन्तरता दिइरहेको गुठिलाई संस्कृतविद् र पुरातात्विक विद्हरुसँगको छलफलपछि मात्र यसलाई संशोधन गरेर विधेयक ल्याउन माग समेत गरे ।

समय मागेर नै बोल्दै बैठकमा राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्न दिएको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने संसदीको गरिमा नरहने विषयका सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने आफूहरुको पुरानै अडानबारे पनि बैठकलाई जानकारी गराए ।
आजको बैठकमा शुन्य तथा विशेष समयमा समेत बोल्दै सांसदहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत आज खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय माथिका विभिन्न शिर्षक माथि छलफल जारी भैरहेको हो । उक्त मन्त्रालयहरुका सम्बन्धमा छुट्याइएको रकममा खर्च कटौती गरियोस् भनी सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, सुजता परियार, सत्य नारायण शर्मा खनाल र गगनकुमार थापाले खर्च कटौतीको प्रस्ताव समेत प्रस्तुत गरेका छन् । छलफलमा सत्तापक्षीय दलका सांसदहरुले बजेट नभएर भन्दा पनि कार्यसञ्चालन, चुस्त कर्मचारी व्यवस्थापन, सोचको कमी लगायत कारण काम नहुने गरेको भन्दै प्राप्त वजेटको सहि सदुपयोग गर्ने तर्फ जोड दिनु पर्ने बताएका छन् ।
हरुले विद्यालय थप खोल्ने भन्दा पनि मर्ज गर्दै शिक्षक र सार्वजनिक विद्यालयको गुणस्तर सुधार तर्फ विशेष ध्यान दिनुमा जोड दिए । छलफलमा प्रमुखप्रतिपक्षी दलका संसदहरुले भने आवश्यक स्थानमा भन्दा पनि मन्त्रीहरुले आफ्ना क्षेत्रमा मात्रै बढी रकम दिने गरेको तथा गुणस्तरीय तथा प्रभावकारी काम हुनेगरी वजेट विनियोजन गर्न नसकेको भन्दै बजेटको आलोचना गरेका छन् । उनीहरुले देशको अन्य पूर्वाधारको विकास सँगसँगै सरकारले शिक्षाको गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राख्नु पर्ने भन्दै शिक्षा क्षेत्रको वजेट बढाउन माग गरे ।
आजको मन्त्रालयत छलफलमा सत्तापक्षीय दल नेकपा(नेकपा)का सांसद योगेश भट्टराईले विनियोजित शिर्षकमा रकम वाँडफाँड गर्दा मन्त्रीहरुले संविधानको व्यवस्थालाई ध्यान दिन नसकेको र सवै क्षेत्रमा समान रुपमा वजेट विनियोजनमा ध्यान नदिएको गुनासो गरेका छन् । सांसद भट्टराईले शिक्षा क्षेत्रलाई अपमानित गर्ने हो भने देश समृद्ध बन्न नसक्ने जिकिर गर्दै शिक्षामा कुल वजेटको १० प्रतिशत मात्रै रकम विनियोजन हुनु अत्यन्त कम भएकोले यसमा बजेट बढाउन सरकारसँग माग गरे ।

छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले शिक्षा मन्त्रालयले शिक्षा सुधार गर्ने, शिक्षामा सवैको पहुँच पु¥याउने र धनि र गरिव बीचको शिक्षामा समान गुणस्तर कायम गर्ने विषयमा वजेटले ध्यान दिन नसकेको भन्दै बजेटको आलोचना गरेका छन् ।

राजपाका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयकमा देखिएको पुरानै निरन्तरतालाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै गरिवी न्युनिकरण गर्ने विषयमा बजेटले ध्यान दिन नसकेको, सबै ठाउँमा शिक्षा पु¥याउने, विद्यालय सुधार र गुणस्तरीय शिक्षामा वजेटले जोड दिन नसकेको भन्दै बजेटको आलोचना गरे । सांसद उमाशंकर अर्गरियाले मन्त्रालयहरुले वजेट विनियोजनमा प्रदेश नम्बर दुईलाई विभेद गरेको आरोप लगाउँदै २ नम्बर प्रदेशको विकासका लागि पनि सन्तुलित बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी छलफलमा अहिले पनि उक्त तीन मन्त्रालयसँग सम्बन्धित विविध खर्च शिर्षकहरु माथि सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

करारमा कर्मचारी नियुक्ति गर्न नहुने : वरिष्ठ नेता पौडेल

गाउँकै तरकारीखेतीमा आफ्नो भविष्य खोज्दै युवा, गर्छन मनग्य आम्दानी