“ट्याटु खोपेर” गीतमा बुगिबुगी बिजेता कबिता नेपाली र मनिषको दमदार डान्स (भिडियो)

चर्चित लोकप्रिय कलाकार मनिष श्रेष्ठ निर्देशित नयाँ म्युजिक भिडियो “ट्याटु खोपेर” सार्वजनिक भएको छ । मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् श्रेष्ठ र मनिष बरालले संगीत भरेका छन् ।

भिडियोमा बुगिउगी बिजेता डान्सर कविता नेपाली र मनिष श्रेष्ठको अहिलेसम्मकै उत्कृष्ट र फरक अभिनय देख्न सकिन्छ भने “वाउ क्रु” को पनि प्रस्तुति रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोमा प्रमोद भण्डारीले कोरियोग्राफ गरेका हुन् ।

भिडियो निर्माणमा आफूहरुले धेरै मेहनतका साथ काम गरेर अलि फरक रुपमा प्रस्तुत हुन खोजेको निर्देशक मनिष श्रेष्ठ बताउँछन् । हुनत यो भन्दा अगाडिको उनको कामहरु तारिफ योग्य नै छ ।

लामो समयदेखि कलाकारितामा संघर्ष गरेर अगाडि बढिरहेका उदयपुरका मनिष श्रेष्ठ पछिल्लो समय गिनिज वर्ल्ड रेकर्डमा ९ एउटा खुट्टा काधमा राखी एउटा हातले नेपालको झण्डा फर्फराउँदै मोटरसाइकल चलाएर नाम लेखाउने समेत तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जब सुन्दरी नायिका प्रियंका चोपडालाई बाँदर्नीले आएर थप्पड हानेर भाग्यो

काँग्रेस जागरण अभियान :मुलुकभर एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम