भारतीय प्रधानमन्त्री मोदी बिस्केकमा

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँ एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लाग्नुभएको हो ।

गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी जानु भएको थियो । भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल हुनुभएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ । एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘फिल्म रिभ्यूका कारण होईन, मानीहानी गरेको, अपशब्द र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं’ ः निर्देशक चाम्स

मन्त्रीले समितिको निर्णय मान्दिन भन्नु गलत हो – सांसद संग्रौला