मनकारी अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋणः भने, ‘पुलवामा हमलामा ज्यान गुमाएका बहादुका परिवारका लागी पनि पनि सहयोग गर्छु भनेको बाचा पुरा गर्छु’

एजेन्सी-बलिउडका वरिष्ठ कलाकार अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ ।

’यो कुराको जानकारी अमिताभले आफ्नो ब्लगमार्फत् जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ ।यसअघि अमिताभ बच्चनले लेखेका थिए, ‘जसले ऋण चुक्ता गर्न सकिरहेका छैनन् उनीहरुका लागि उपहार हो यो । यसपटक बिहारका किसान हुनेछन् ।’

अमिताभले यसअघि पनि किसानको मद्दत गरेका छन् । गत वर्ष अमिताभले उत्तर प्रदेशका लगभग एक हजारबढी किसानको ऋण तिरिदिएका थिए । त्यस्तै अमिताभले पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा सहयोग गर्ने र त्यो बचन अझै पुरा गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Trekking route to Dhaulagiri base camp repaired, widened

आमिर खानकी छोरी इरा खान प्रेममा, आफैले गरिन् खुलासा