नेत्रविक्रम चन्द समूहका जुम्ला इञ्चार्ज घरमा सुतिरहेका बेला पक्राउ

खलङगा- नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कारले मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका सैनिकको मृत्यु

हावाहुरीले १० बिघा जग्गामा लगाएको घरी लाग्नै थालेको केरा खेती नष्ट