कारले मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका सैनिकको मृत्यु

हेटौँडा-मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते हुनुभएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।र्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते हुनुभएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उहाँको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गुठी विधेयक धर्म संस्कृति विरोधी भएकाले फिर्ता लिन माग

नेत्रविक्रम चन्द समूहका जुम्ला इञ्चार्ज घरमा सुतिरहेका बेला पक्राउ